भोजपुर, २२ पौष ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले टेन्डर प्रक्रियामा अवरोध गरेका छन् । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउँपालिकाको सडका निर्णणको लागि आह्वान गरिएको टेन्डर प्रक्रियामा अवरोध गरेका हु्न ।
टेन्डरको लागि ३२ ओटा निर्माण व्यावसायी संघहरुले फर्म किनेका थिए । तर शुक्रवार वोलपत्र पेश गर्ने अन्तिम दिन कसैले पनि वोल नहालेका हुन् ।
गाउँपालिकाले राष्ट्रिय पत्रिकामा सुचना प्रकाशित गरि ५ ओटा सडक विस्तारको लागि करिव २ करोड ५० लाखको टेन्डर आह्वान गरेको थियो ।
निर्माण व्यावसायी संघ भोजपुरका अध्यक्ष धर्मराज राईले विप्लवका कार्यकर्ताले २/ ३ अगाडीबाट फोन गरेर तथा भेटेर ठेक्का आफुहरुलाई आधा हुनु पर्ने यदि त्यसो नभएमा काम गर्न अप्ठयारो गर्ने भन्ने खालको धम्कीपुर्ण अभिव्याक्ति दिएको कारण ठेक्का वहिष्कार गरेको वताए ।
राइले भने ‘ उनिहरुले हामीलाई फोन तथा भेटेर ठेक्का आधा हुनु पर्छ, यदि त्यसो भएन भने तपाईहरुलाई काम गर्न असहज होला, भन्ने खालको कुरा गरे पछि हामीले वोलपत्र पेश नगरेका हौ । अव राज्यले उहिसंग वार्ता गरेर अथवा कुनै तवरबाट सजह वातवारण सृजना नगरे सम्म र हाम्रो जीउ धनको ग्यारेन्टी नगरे सम्म काम गर्ने अवस्था वन्दैन । अव हामीले राज्यलाई सहयोग गर्ने कि उनिहरुलाई ? त्यहि भएर हामी व्यावसायीहरु अपठ्यारोमा परेका छौ ।’ राईले जिल्लाको विकासको लागि भईरहको यस्ता गतिविधि सञ्चालनको लागि दुवै पक्षलाई सहज वातावरण वनाई दिन आग्रह समेत गरेका छन् ।
यता गाउँपालिका अध्यक्ष ध्रुवराज राईले पनि विप्लव कार्यकर्ता कै कारण वोहलपत्र नपरेको वताएका छन् । राइले भने ‘हामीले विभिन्न ठाउँको सडक विस्तारको लागि ५ ओटा टेन्डर आह्वान गरेका थियौ, तर शुक्रवार सम्म कसैको पनि टेन्डर परेको छैन्।
तोकिएको समयमा टेन्डर नपरेकोले अव पुनः कानुन अनुसार प्रक्रिया अगाडी वढ्छ ।’
गाउँपालिकाले सेतीवगर हुँदै तिम्मा वडा कार्यालयबाट वाघखोर , रिमचिम वाचुम्ला रुमला हुँदै पञ्चमी डाँडा, नागी खावा हुँदै पिङ्गडाँडा पाँचधारे कपासे भञ्याङ्ग र पिङ्ग डाँडाबाट धाइपा, रचने हुँदै पाँचधारे, सडक खण्ड निर्माणको लागि ५ ओटा टेन्डर आह्वान गरको थियो ।
टेम्केमैयुङ्ग गाउँपालिकाका जनता टेन्डर प्रक्रियामा अवरोध गरेर विकास निर्माणलाई प्रभावित वनाउन खोजेको भन्दै आक्रोशित वनेका छन् ।