आगलागीमा परेर एकको मृत्यु


पाँचथर, २१ पौष ।

पाँचथरको हिलिहाङ गाउँपालिका -१ बस्ने ८१ बर्षिय नर बहादुर थुलुङ राईको घरमा शुक्रबार आगलागी भएको छ, भने आगोमा परेर नरबहादुरको ज्यान गएको छ।

राती १२ बजे अचानक सल्किएको आगोले घरभित्र एक्लै सुतेका उनको आगोमा परेर ज्यान गएको स्थानियले बताए।

आगलागी विहान १: ३० बजे इलाका प्रहरी कार्यालय अम्मरपुरबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार