आगलागी पीडितका लागि राहत संकलन


खोटाङ, २० पौष ।
खोटाङको हलेसीका आगलागी पीडितका लागि राहत संकलन सुरु गरिएको छ ।

मंगलबार राति भएको आगलागीमा घरसहित सबै थोक गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईलगायतका व्यवसायीको सहयोगमा राहत संकलन सुरु गरिएको हो । हलेसी बजारबाट बुधबार ३ लाख रकम संकलन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले वताए ।

नगरपालिकाका प्रमुख स्थानमा राहत संकलन अभियान चलाइने छ । आगलागी पीडितको सहयोगार्थ राहत संकलनका लागि काठ्माण्डौंमा पनि दिनेश राईको संयोकत्वमा ७ सदस्यीय ‘अग्नि पीडित राहत संकलन समिति’ गठन गरिएको छ । मगम राईको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार