भोजपुर, २० पौष ।
भोजपुर नगरपालिका –४ सिद्धेश्वरको सामुदायिक भवन आवश्यक फर्निचर नहुँदा प्रयोग विहिन भएको छ । भवन प्रयोग विहिन हुँदा स्थानियलाई दाउरा घाँस राख्न सहज भएको छ ।
गाविस भरी हुने भेला बैठक जस्ता कार्यक्रम गर्नका लागी बनाइएको भवन प्रयोगमा नआउदा जिर्ण बन्दै गएको छ । भवनलाई हाल आसपासका स्थानियले घाँस दाउरा राखेर दुरुपयोग गरीराखेका छन् ।
सात वर्ष अगाडि जिल्ला समन्वय समितिको ५ लाख, वडा कार्यालयको १ लाख २५ हजार, ठुलो सामुदायिक वनको ५० हजार र स्थानिय संघ सस्थाको लगानीमा भवन निर्माण गरीएको ठेकेदारले जानकारी दिए ।
तर ठेकेदाले भने रकम कम भएर फर्निचर खरिद गर्न नसेकोले भवन प्रयोग विहिन भएको वताएका छन् । भवनमा आवश्यक फर्निचर जुटाइ प्रयोग ल्याउन सम्वन्धित निकायसंग स्थानियले माग गरेका छन् ।