तारा एयरको भोजपुर–काठमाडौ उडान शुरु ,यस्तो छ, भाडादर !


भोजपुर,१९ पौष ।
काठमाडौ । आज (वुधवार)बाट प्राइभेट कम्पनीको तारा एयरलाइन्सले भोजपुर – काठमाडौ उडान शुरु गरेको छ । तारा एयरलले यस अघि उडान भर्दै आएको भए पनि टक्सार विमान स्थलको स्तरउन्नतिको काम शुरु भए पस्चात २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । यस पटक भने विमान स्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गरेको हो ।

तारा एयरले हप्ताको वुधवार विहान ९ः२० मा उडान भर्ने लालुपाते ट्राभल्सका कार्यकारी अध्यक्ष रोशन श्रेष्ठले बताए । यात्रुको चाप वढेमा उडानको संख्या थप्ने अध्यक्ष श्रेष्ठको भनाई छ । तत्कालको लागि काठमाण्डौबाट टिकट दर प्रतिव्यक्ति चार हजार ८ सय ६५ र भोजपुरबाट काठमाण्डौका लागि चार हजार ६ सय ७५ कायम गरिएको जनाइएको छ ।

यो संगै भोजपुरमा उडान भर्ने २ ओटा कम्पनी भएका छन् । भोजपुरमा नेपाल वायुसेवा कम्पनीको जहाजले हप्ताको ६ पटक काठमाडौ र दुई पटक विराटनगर उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार