भोजपुर क्याम्पसको प्रजातन्त्रवादी कर्मचारी संघमा “भीमप्रसाद राई” चयन


भोजपुर १९ पौष।
भोजपुर वहुमुखी क्याम्पसको प्रजातन्त्रवादी कर्मचारी संघको सभापतिमा भीमप्रसाद राई चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगत भोजपुर बहुुमुखी क्याम्पसमा क्रियाशिल त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको वुधवार भएको साधारण सभाले  राईको सभापतित्वमा चार सदस्यीय कार्य समिति चयन गरेको छ ।
समितिको सचिवमा नोदनाथ त्रिताल, कोषाध्यक्षमा श्रृजु श्रेष्ठ र सदस्यमा कुलबहादुर बुढाथोकी सर्वसम्मत चयन भएको सभापति राईले वताए । नेपाली काँग्रेस निकट कर्मचारीहरुको वर्गीय संगठनको रुपमा त्रिभुवन विश्वविद्यालयमा त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ क्रियाशिल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार