धनकुटामा सरकारी गाडी तोडफोड


धनकुटा, १९ पौष ।

धनकुटामा बन्द अवज्ञा गरेको भन्दै आज एउटा सरकारी गाडी तोडफोड गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको आत्मारा ढाटमा को.१ झ ४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो ।

बन्द उल्लंघन गरेकाले बन्दकर्ताले मोरङ जिल्ला कारागारको उक्त गाडीको लुकिङ ग्लास लगायत तोडफोड गरेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले  जानकारी दिएका छन् ।

सरकारले अस्थायी प्रादेशिक राजधानीको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेपछि धनकुटाबासीले बिरोध जनाउँदै आजबाट अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् बन्दकर्ताले धनकुटामा कुनैपनि सवारी साधन सञ्चालन हुन दिएका छैनन् । बजारपसल, उद्योगधन्दा लगायत पनि ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार