भोजपुर, १८ पौष ।
मध्ये पहाडी लोकमार्ग अन्तर्गत भोजपुर – चखेवा सडक निर्माणले तिव्रता पाएको छ । भोजपुरबाट खोटाङ्गको सिमाना चखेवा सम्मको ४० दशमलव ५ किलोमिटरमा सडक विस्तारको काम भईरहेको छ ।
निर्माणको काम विभिन्न ५ वटा प्याकेजमा भईरहेको सरकारी इन्जिनिएर रविन्द्र महर्जनले जानकारी दिए । पहिलो, दोश्रो र तेस्रो फेज अन्तर्गत साढे सात किलोमिटर र चौथो ,पाँचौ फेज अन्तर्गत १० किलोमिटरको प्याकेजमा काम भईरहेको इन्जिनियर मर्हजनले वताए ।
इन्जिनियर मर्हजनका अनुसार पहिलो फेजमा भोजपुरको देउरालीबाट शेरा खोला सम्मको दुरीमा सव ग्रेड र सव वेसको काम भईरहको छ । दोश्रो फेजमा स्टक्टर काम भइरहेको भने तेस्रो फेजको स्टक्चरका काम सकिएर अन्य काम शुरु भएको छ ।
त्यस्तै चौथो फेजमा स्टक्चरको काम शुरु गरिएको छ भने पाँचौको फेजमा भने स्टक्चरको काम शुरु गर्ने तयारी भइरहेको छ । सडक स्तर उन्नतीको काम रोमन गोल्डेन जेभी, सेक्लोक विर कन्स्ट्रक्सन, लामा गोल्डेन गुड कन्स्ट्रक्सनले लिएका छन् ।
सडक निर्माण नेपाल सरकारको १ अर्व, ४० करोड, ९७ लाख ५२ हजार ३ सय ४८ रुपैयामा भईरहेको छ । निर्माणको काम सम्झौता अनुसार २०७१ चैत्र ३ गतेबाट शुरु भएर २०७५ साल चैत्र अन्त्यमा सम्पन्न गरि सक्नु पर्ने छ ।