भोजपुर गोगनेकी शान्ताको उपचारमा आर्थिक अभाव, ‘भोजपुर हातेमालो समाज यूएई’द्धारा सहयोग


भोजपुर हातेमालो समाज यूएईले संकलन गरेको रकम पीडितलाई हस्तान्तरण गर्दै धरानका समाजसेवीहरु

भोजपुर १८ पौष ।
इराकबाट उद्धार गरिएकी भोजपुरको टेम्केमैयुङ गाउँपालिका – ८ गोगनेकी एक महिलालाई ‘भोजपुर हातेमालो समाज यूएई’ले नगद सहयोग गरेको छ । बैदेशिक रोजगारीका लागि तीन वर्ष अघि इराक पुगेकी ३४ वर्षीया शान्ता राईलाई रकम हस्तान्तरण गरेको हो । विदेशमा घरमालिकको चरम यातनाबाट गम्भिर घाइते उनको उद्धार पस्चात घरानमा उपचार भईरहेको छ ।

राईको उपचारमा आर्थिक अभाव भएपछि समाजले ४० हजार रुपैया सहयोग गरेको हो । पिडित राईलाई धरानमा रहेका भोजपुरे समाजसेवी गणेश प्रधान, तारा लाम्गादे र केशब घिमिरेले पैसा हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएको खबर सुने लगत्तै भोजपुर हातेमालो समाज युएईको पहलमा रकम संकलन गरि सोमवार हस्तान्तरण गरेको समाजले जनाएको छ । आफ्नै जिल्लाको घटनाले स्तब्ध बनाए पछि आकस्मिक अनलाईन मिटिङ बसेर संकलन गरिएको रकम पीडितलाई पठाइएको समाज अध्यक्ष ज्ञानेन्द्र बहादुर राईले जानकारी दिए । समाजले यसअघि पनि जिल्लामा भएका विभिन्न आपतविपदका घटनामा सहयोग गर्दै आएको समाजका महासचिव तिर्थ योञ्जनले बताए ।

घरको मालिकको यातनाबाट मुत्युको मुखमा पुगेकी राईको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । राईलाई करिव एक हप्ता अगाडी उद्धार गरि नेपाल ल्याइएको थियो ।

वैदेशिक रोजगारीका लागि इराक पु¥याउने दलाल स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घले फरार छन् ।
उपचारमा सम्लग्न चिकित्सकहरुले राईको दुवै खुट्टामा स्टिल लगाइएको र मेरुदण्डमा समेत चोटपटक देखिएकाले थप उपचारको आवश्यक रहेको बताए । हाडजोर्नी विभागका प्रमुख चिकित्सक डा. गुरुराज खनालको नेतृत्वमा उपचार भइरहेको छ ।

तर, उपचारका लागि पर्याप्त रकम नहुँदा बिरामी र उनका आफन्त चिन्तित भएका छन । पिडित शान्ता राईको स्वास्थ्यमा भने कर्मिक सुधार आईरहेको डाक्टरहरुको भनाई छ । शान्ताको तत्कालै प्लाष्टिक सर्जरी गर्नुपर्ने र सोका लागि दुई लाख पचास हजार  रकम आवश्यकता रहेको पीडितकी बहिनी ममता राईले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार