धनकुटामा भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण


धनकुटा, १७ पौष ।

प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले आज बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो ।

भौतिक संरचनाको मर्मतमा बढी खर्च लाग्ने देखाएर गलत प्रतिवेदन केन्द्रमा पठाएको भन्दै शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय अगाडी दिउँसो १ बजेदेखि करिव एक घण्टा प्रदर्शन गरिएको हो ।

भवन निर्माण डिभिजन कार्यालय अगाडी प्रदर्शन गर्दै धनकुटाबासी । तस्वीरस् रबिन कटेलरसंगालोखबर
कार्यालयको गेटमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि आक्रोसित स्थानीयले कार्यालयमा ढुंगा प्रहार गरेका थिए । स्थानीयले बाहिरबाटै कार्यालयमा ढुंगा प्रहार गर्दै गेट तोडफोड गर्ने प्रयास गरेपछि स्थिती तनावपूर्ण बनेको हो ।

स्थिति नियन्त्रणमा लिनका लागि ठुलो संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । कार्यालय प्रमुख बाहिर रहेको थाहा भएपछि स्थित केहि सामान्य भएको हो ।

भवन निर्माण डिभिजनले केन्द्रमा पठाएको पहिलो प्रतिवेदनमा भौतिक संरचना मर्मतमा करिव ५ करोड २५ लाख खर्च लाग्ने उल्लेख थियो । तर, दोस्रो प्रतिवेदनमा करिव २४ करोड २५ लाख खर्च लाग्ने उल्लेख गरेको भन्दै जिल्लाबासी आक्रोसित बनेका हुँन ।

यता डिभिजन प्रमुख राजेन्द्र प्रसाद खतिवडाले पहिलो प्रतिवेदनमा मर्मत संहारका लागि सामान्य खर्च मात्र उल्लेख गरिएको भएपनि दोस्रो प्रतिवेदनमा बिस्तृत रुपमा उल्लेख गरिएकाले बढी खर्च देखिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार