भोजपुर, १७ पौष ।
भोजपुर जिल्लामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३० मेटिक्टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरमा सुचना अधिकारी युगमणी भट्टराईले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालयले कृषकलाई उन्नत जात धानको विउ वितरणसगै, विभिन्न सीपमुलक, समयमै मल खाद वितरण गरेको लगाएत कारणले धानको उत्पादन वढेको भट्टराईको भनाईछ ।
भोजपुर जिल्लामा १९ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिकाका, टेम्केमैयुङ्ग गाउँपालिका लगाएतको स्थानमा वढी मात्रामा धानको उत्पादन हुने जिल्ला विकास कार्यालयको भनाई छ