
काठमाडौं १७ पौष ।
एमाले नेता विष्णु पौडेलले एमाले–माओवादी केन्द्र एकता भाँड्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एकताविरोधी शक्ति सक्रिय भएको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘पार्टी एकताको मापदण्ड बनाउन हामी अन्तिम गृहकार्यमा जुटेका छौं,’ रिपोर्टर्स क्लबद्वारा आइतबार आयोजित साक्षात्कारमा नेता पौडेलले भने, ‘अब छिट्टै एकता संयोजन समिति बैठक बस्छ, त्यसले पार्टी एकता घोषणा मिति तय गर्छ ।’
एकतापछि पार्टी अध्यक्ष बन्ने विषय छलफलकै क्रममा रहेको पनि उनले सुनाए । ‘हामी दुवै नेताको राम्रोसँग व्यवस्थापन गर्छौं, ओली र प्रचण्ड को बन्ने भन्ने छोड्दिनुस्,’ पौडेलले भने, ‘तपाईंहरूले घोषणा भएपछि थाहा पाउनुहुनेछ ।’
उनले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे । औपचारिक रूपमा निर्वाचन नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुको विकल्प नरहेको समेत उनले प्रस्ट पारे ।
प्रतिनिधिसभाको २ सय ७५ वटै सिटको चुनावी परिणाम प्रतिवेदन राष्ट्रपतिलाई नबुझाएकै कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै पौडेलले आयोगप्रति आक्रोशसमेत पोखे ।
‘निर्वाचन आयोग कहाँबाट सञ्चालित छ रु के गर्दै छ रु विलम्ब हुनुको कारण के हो रु प्रस्ट पार्नुपर्छ,’ नेता पौडेलले भने, ‘राष्ट्रिय सभा निर्वाचनपछि मात्रै परिणाम सार्वजनिक गर्छु भन्नु गलत होे ।’
चालू आर्थिक वर्ष सकिनै लाग्दा बल्ल अर्को सरकार बनाउन दिने खेल भइरहेको पौडेलले दाबी गरे । ‘त्यो हामीलाई कदापि स्वीकार्य छैन,’ उनले भने, ‘तत्काल नतिजा सार्वजनिक गर्न म आयोगलाई आग्रह गर्छु, नयाँ सरकार बनाउने प्रक्रिया रोकिनुहुन्न ।’ राजधानी दैनिक