भोजपुरमा आङ्गखस्ने समस्या सम्बन्धी अभिमुखिकरण गोष्ठि शुरु..


भोजपुर,१६ पौष ।
भोजपुर सदरमुकाममा आङ्गखस्ने समस्या सम्बन्धी दुई दिने अभिमुखिकरण गोष्ठि आइतवारबाट सुरु भएको छ । भोजपुर नगरपालिका – ७ नं वडा स्तरीय महिला सञ्जालको आयोजना र सोहि वडाको ३० हजार आर्थिक सहयोगमा गोष्ठि सुरु भएको हो ।

पछिल्लोे समय महिलाहरुमा आङ्ग खस्ने समस्या बढ्दै गएकोले त्यस बाट कसरी बच्न सकिन्छ भन्ने उद्धेश्यले गोष्ठि सञ्चालन गरीएको सञ्जालले जनाएको छ । गोष्ठिमा ७ नं वडाका २० वर्ष देखि माथी ४५ वर्ष मुनिका ३५ जना महिलाहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । तालिमको सहजिकरण अहेब तीर्थ श्रेष्ठ र मनिका राइले गरिरहेका छन् ।

वडा स्तरीय सञ्जालकी अध्यक्ष अम्वीका कार्कीको अध्यक्षतामा भएको उद्धघाटन गोष्ठिको प्रमुख अतिथी वडा अध्यक्ष जय बहादुर तामाङ रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार