भोजपुरमा तीन सय वढी उमेद्धवारले खर्च विवरण वुझाएनन्, कति छ ? वुझाउनेको संख्या !!


भोजपुर, १६ पौष ।
भोजपुर जिल्लामा तीन सय वढी उमेद्धवारले स्थानिय तह निर्वाचनमा भएको खर्च विवरण वुझाउन अटेर गरेका छन् । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र खर्च विवरण वुझाउनु पर्ने भए पनि ६ महिना वित्दा समेत पनि उमेद्धवारले खर्च विवरण नवुझाएका हुन् ।

जिल्लामा उमेद्धवार वनेका मध्ये तीन सय २१ जना उम्मेदवारले हाल सम्म पनि खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले वताए ।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको भोजपुर जिल्लामा एक हजार ३ सय ४७ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रीएका थिए ।

जस मध्ये एक हजार २६ जनाले मात्र खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले खर्च विवरण वुझाउनको लागि वाँकी सवैलाई पुनः जानकारी गराई सकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार