छोरीको इन्गेजमेन्टमा ३० करोडको औँठी


अलेक्सा डेल वास्तवमा कुनै राजकुमारी भन्दा कम छैनिन् र उनी छिटै रियल स्टेट धनाढ्य हेरिसन रेफिओसँग बिहे गर्दैछिन् ।

विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलका मालिक माइकल डेलकी छोरी हुन् अलेक्सा । माइकलको कुल सम्पत्ति २३ अर्ब ७० करोड डलर रहेको छ र उनी विश्वका अर्बपतिहरु को ३७ औँ नम्बरमा पर्दछन् । उनकी छोरी अलेक्सा आफैपनि एक व्यवसाय विकास रणनीतिज्ञको रुपमा एउटा कम्पनीमा पछिल्लो ४ वर्षदेखि काम गरिरहेकी छिन् । यिनै अलेक्साको रियल स्टेट धनाढ्य तथा उनका ब्वायफ्रेण्ड हेरिसनसँग इन्गेजमेन्ट भएको छ ।

आखिर दुई अर्वपतिका छोराछोरीबीचको इन्गेजमेन्ट चानचुने हुने कुरा भएन । इन्गेजमेन्टमा आफ्नो हुनेवाला लोग्नेले विशेष औँठी ल्याउँछन् भन्ने त अलेक्सालाई अनुमान थियो । तर यतिधेरै महंगो ल्याउलान् भन्ने कल्पना सायद गरेकी थिइनन् । हेरिसनले क्रिसमसको दुईदिनपछि हवाईटापुको कोना तटीय क्षेत्रमा रहेको एक होटलमा भव्य समारोहबीच अलेक्सालाई बहुमूल्य औँठी लगाइदिएर इन्गेजमेन्ट गरेका छन् ।

उक्त औठीमा १२ क्यारेटका निकै सुन्दर तथा बहूमूल्य हिरा जडित थियो । हिराजडित उक्त औँठीको मूल्य तिस लाख डलर पर्दछ । अलेक्साले आफ्नो हुनेवाला लोग्नेले इन्गेजमेन्टमा दिएको त्यो शानदार औँठीलाई सोसल मिडियाबाट सार्वजनिक गरेकी छिन् ।

अलेक्साको उमेर २४ वर्ष छ भने हेरिसनको उमेर ४० वर्ष पुगिसकेको छ ।

अलेक्सा आफ्नो आमाबुवाको च्यारिटी संस्थामा पनि काम गर्दछिन् र लक्जरी लाइफ बिताउने बानी उनलाई परिसकेको छ । उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन् । २० वर्षकी छँदा उनले सोसल साइट टिन्डरका सिइओसँग डेट गरिसकेकी छिन् ।

उता हेरिसन भने लो प्रोफाइलमै रहन रुचाउँछन् । हेरिसन पछिल्लो पटक तब चर्चामा आएका थिए जब उनले हलिउडमा रहेको आफ्नो एक बहुमूल्य अपार्टमेन्टमा भाडामा बस्ने क्रममा क्षति पूराइदिएको आरोपमा बेलायती गायिका तथा अभिनेतृ केली ओसबोर्न विरुद्ध मुद्दा हाले । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार