चिसो बाट कसरी बच्ने ? अपनाउनुहोस यी धरेलु उपायहरु



धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकले जनाएका छन्। चिसोकै कारणले विभिन्न रोग ह्वात्तै बढेको चिकित्सकले बताएका छन्। चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका हुन्।

चिसोबाट कसरी बच्ने

–औषधी सेवन गरिरहेकाले नियमित औषधी सेवन गर्ने

–बाहिर निस्कंदा माक्स लगाउने र आएपछि हात धुने

–हाच्छिउँ गर्दा मुख छोपेर गर्ने

–भुलेर पनि मदिरा र चुरोट प्रयोग नगर्ने

–दीर्घरोगीहरुले नियमित स्वास्थ्य परिक्षण गर्ने

–झोलकुराहरु पटक–पटक खाने

–हिंड्दा टोपी,गलवन्दी लगाएर हिंडने

चिसोका रोगका लक्षणहरु

–ज्वरो आउने,रुघाखोकी लाग्ने,टाउको दुख्ने

–खाना नरुच्ने,वान्ता हुने

–स्वाँ–स्वाँ हुने

–हृदयघात हुन लागेमा बायाँ छाति बेस्सरी हुने

–मुटुमा समस्या हुँदा थकाइ लाग्ने,रिंगटा लाग्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार