भोजपुरमा पनि कफी र चिया खेती गरिरहेका कृषकलाई खुसीको खवर..


भोजपुर, ९ पौष ।
भोजपुर जिल्लामा पनि चिया तथा कफी खेतिको लागि निशुल्क माटो परिक्षण शिविर हुने भएको छ । भोजपुरका धेरै ठाउमा कफी तथा चियाको पशस्त सम्भानावा रहेको भए पनि माटोको परिक्षण नहुँदा किसानहरुले राम्रो ढंगले खेति गर्न सकेका छैनन् । अव भने कुन ठाउको माटोमा चिया तथा कफी खेतीलाई उपयुक्त ढंगले खेती गर्न सकिन्छ भनेर माटोको परिक्षण गर्न लागिएको हो ।

जिल्लामा यहि पौष ११ र १२ गते माटो परिक्षण गरिने राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ । जसको लागि किसानहरुले २ दिनको समयमा नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघको कार्यालय भोजपुरमा दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।

किसानहरुलाई विभिन्न सञ्चार माध्यमबाट पनि यसवारे सुचना गरिएको वताउदै आयोजकले सवैलाई आफ्नो माटो परिक्षण गराउन आग्रह समेत गरेको छ । भोजपुर जिल्लामा राष्ट्रिय चिया तथा कफी विकास वोर्डसंगै धनकुटा र इलामका अन्य २ ओट चिया विस्तार योजनाको आयोजनामा माटो परिक्षण गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार