भोजपुर ७ पौष ।
देशभरसंगै भोजपुरमा पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि छनौट भएका म्यादी प्रहरीलाई विदाई गरिएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै छनौट गरिएका उनिहरुको सम्पुर्ण सेवा सुविधा सहित विदाई गरिएको हो ।
निर्वाचनको सुरक्षाको लागि भोजपुरमा ६ सय ९० म्यादी प्रहरी परिचालन गरिएको थियो । उनिहरुलाई ५५ दिनको सेवा सुविधा विदाई गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय भोजपुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरि उनिहरुको विदाई गरिएको हो ।