भोजपुर, १ पौष ।
नेपाल लाईफ ईन्स्योरेन्स उपसाखा भोजपुरले एक विमितलाई विमाङक रकम फिर्ता गरेको छ । भोजपुरको सडन्नद नगरपालिका बोयाका विसाल राईको निमोनियाका कारण मृत्यु भए पछि उसको नाममा रहेका विमाङ रकम र बोनस सहितको एक लाख ५१ हजार रकम राईको आफ्तलाई एक कार्यक्रमको साथ फिर्ता गरिएको भोजपुर उपसाखा प्रमुख दिपक बस्नेतले जानकारी दिए ।
विसाल राईको ९ वर्षको अल्पआयुमै निमोनिको कारण गत साउनमा निधन भएको थियो । निधन भएका राईका आफ्तलाई मृत्यु दावि भुक्तानी कार्यक्रम अन्तरगतको उप्त रकम भुक्तानी गरिएको बस्नेतले बताए ।