कर्मचारीहरुको पेशगत हक आधिकार प्राप्तिको लागि सक्दो सहयोग गर्ने नवनिर्वाचत सांसदहरुको प्रतिवद्धता,



भोजपुर, १ पौष ।
नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले नवनिर्वाचित सासदहरुलाई वधाई तथा शुभकामना ज्ञापन गरेको छ । आज जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभा सदस्य सुदन किराती, प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं –१ का प्रदेश सभा सदस्य राजेन्द्र कुमार राई र क्षेत्र नं – २ का प्रदेश सभा सदस्य शेरधन राई लाई वधाइ तथा सफल कार्यकालको शुभकामना दिएको हो । कार्यक्रममा सम्पुर्ण विजयी सासदहरुको तर्फबाट वोल्दै प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं २ का नवनिर्वाचित सासद शेरधन राई देश विभिन्न परिर्वतनमा कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् ।

साथै कर्मचारी विभिन्न समस्या समाधनमा वाम गठवन्धनको सरकार सक्दो सहयोग गर्ने बताए । साथै राईले संविधानको कार्यान्वयनसंगै जनतामा सुसासनका अनुभुति गराउन कर्मचारीहरुको भुमिका महत्वपुर्ण रहेकोले यस तर्फ जिम्मेवार भएर लाग्न कर्मचारीलाई आग्रह समेत गरेका छन् ।
दुवै कर्मचारी संगठनका संयोजक तथा नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष मान वहादुर देवकोटाको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष देविराम चौलागाई, आधिकारी टे«ड युनियनका अध्यक्ष खड्ग पौडेल, सचिव विष्णु राई, विभिन्न संगठनसंग सम्वन्धित कर्मचारी सञ्चार कर्मी लगाएतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार