भोजपुरमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै गठबन्धन कति मतले अगाडि



भोजपुर, २१ मंसिर ।प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा वाम गठबन्धनका उम्मेदवारले भारी मतले अग्रता लिइरहेका छन् ।
प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले १२२६५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले ७४२७ मत ल्याएका छन् । प्रतिनिधि सभामा राई ४८३८ मतले अगाडि छन् ।

त्यस्तै प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले ८०९३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवारअजम्वर राई काङमाङले ४२०० मत प्राप्त गरेका छन् । यो मतको अन्तर ३८९३ हो ।
त्यस्तै प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले १३७५० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ४८७१ मत ल्याएका छन् । कार्की भन्दा राई ८८७१ मतले अगाडि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार