मतगणनाको विषयमा उमेदवार र राजनैतिक दलहरुसंग छलफल, यसरी गरिदैछ मत गणना !!


भोजपुर, २० मंसिर ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोली (शुक्रवार) साँझ ५ वजे पछिबाट शुरु हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणनाको विषयमा उमेदवार तथा राजनैतिक दलहरुसंग छलफल गरेको छ ।

मतगणना प्रक्रियालाई कसरी मर्यादित र पारदर्शिढंगले सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेको हो । त्यस्तै मतगणना स्थलको व्यावस्थापन, मतगणनामा प्रतिनिधि नियक्ती लगाएतको विषयमा पनि छलफल गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वदरमतको विषयमा रहेको कानुनी व्यावस्थाको वारेमा दल तथा उमेदवारलाई जानकारी गराइएको थियो । मतगणना वेला एक उमेदवारले २ जना प्रतिनिधि राख्न पाउने भएका छन् । तर मतगणना स्थलमा भने एक जना मात्र वस्न पाउने  छन् ।

शुक्रवारबाट गणना शुरु गरि तीन दिन सम्ममा गणना सम्पन्न गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङनामले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार