
भोजपुर, १९ मंसिर ।
१४ औ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा भोजपुर नगरपालिका भित्रका ७२ जना महिला स्वायम सेविकालाई सम्मान गरिएको छ । उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो, भने सात हजार चार सयका दरले पोसाक भत्ता समेत वितरण गरीएको छ ।
समुदायमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपुर्ण भुमिका खेलेको कारण उनिहरुलाई सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना
अधिकारी राजु कुमार श्रेष्ठले वताए ।
दिवसको अवसरमा जिल्ला अस्पताल भोजपुर देखि ¥याली सरु गरी सदरमुकाम परीक्रमा गरीएको थियो । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भोजपुरमा पनि दिवस मनाइको हो ।
भोजपुर जिल्लामा ५ सय ६७ जना स्वास्थ्य स्वयम सेविका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्तरीय महिला स्वास्थ्य स्वयमसेविका अध्यक्ष शान्ता शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई रहेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य रमा राई, नागरीक समाज भोजपुरका संयोजक पर्शुराम तिवारी, जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधीकारी राजु श्रेष्ठ, संचारकर्मी लगाएतको सहभागीता रहेको थियो ।