भोजपुर सिन्द्राङ्गका युवाहरुद्धारा विद्यालयलाई २ लाख ७५ हजार सहयोग


भोजपुर, १८ मंसिर ।
हतुवागढी गाउपालिका –३ सिन्द्राङ्गका युवाहरुले एक विद्यालयलाई २ लाख ७५ हजार वरावरको सहयोग गरेका छन् । युवाहरुको समुहले ‘हामी भन्दा पछाडीको पुस्तालाई हामी भन्दा सक्षम वनाउछौ भन्ने अभियान संञ्चालन गरेर संकलन गरेको रकमबाट स्थानिय अओतारी रक्षक प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन्।

उनिहरुले विद्यालयलाई ४ थान कम्युटर, ६ थान ह्वाइट वोर्ड, प्रिन्टर, इन्भटर र व्यट्री एक / एक थान वितरण गरेका छन् । अर्जुन राईको संयोजकत्वमा रहेको ५ जनाको समुहले स्वदेश तथा विदेशमा रहेका ४६ जना युवाहरुबाट रकम संकलन गरेका हुन् । आगमी दिनमा पनि यो अभियान जारी रहने संयोजक अर्जुन राईले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार