भोजपुर पनि निर्वाचनको तयारी पुरा, भोली विहान सात वजेबाट मतदान शुरु ..


भोजपुर, ९ मंसिर ।
भोली हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाका सवै १ सय ४८ ओटा मतदान केन्द्रहरुमा मतदान गर्नको लागि घेरा बारा लगाएतको सम्पुर्ण कार्य सम्पन्न भएकोले विहान ७ वजेबाट मतदान शुरु हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

निर्वाचन सम्पन्न गराउनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्रमा पुगेर सर्वदलीय, सर्वपक्षीय वैठकको आयोजना गरी बुथ निर्माण, मतदाता परिचयपत्र वितरण लगायतका काम गरीसकेको सकेका छन् । मतदान केन्द्रहरु शारिरीक रुपमा अशक्त एवं अपाङ्गता भएका मतदातालाई सहज हुने तरिकाले वनाइएको जनाईएको छ ।

यस पटकको निर्वाचनमा जिल्ला भर ११ सय ८४ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङनामले वताए । प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई ओटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा एक लाख १३ हजार सात सय ४५ जना मतदाता सहभागी हुदै छन्।

भोजपुर प्रतिनिधि सभा तर्फ आठ प्रदेश सभा तर्फबाट भोजपुर (क) बाट सात र भोजपुर (ख)बाट ६ जना उमेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार