भोजपरमा निर्वाचनको तयारी तिव्र, धमाधम मतदाता परिचय पत्र वितरण गरिदै ..


भोजपुर, ८ मंसिर ।
आसन्न मंसीर १० गते हुन लागेको स्थानिय प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी सम्पूर्ण तयारी पुरा भएका पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका एक सय ४८ ओटै मतदान केन्द्रमा कर्मचारी, सुरक्षा कर्मी, मतपेटिका मत पत्र लगाएत सम्पुर्ण साम्रगी पुगेकोले निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले वताए । त्यस्तै शुक्रवारबाट जिल्लाका सबै मतदान केन्द्र बाट मतदाता परीचय पत्र वितरण भइरहेको जिल्ला निर्वाचन अधिकारी पोखरेलले भनाई छ ।

त्यसको लागि सकेसम्म मतदाता आफैं जानुपर्ने र मतदाता परिचयपत्र लिन आफैं जान नसकने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।
यस पटकको निर्वाचनमा भोजपुरबाट एक लाख १३ हजार ८ सय ९१ जना मतदाता रहेका छन् । जसमा ५५ हजार ५ सय २९ महिला र ५८ हजार ३ सय ६२ जना पुरुष रहेका छन् ।

भोजपुरमा प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ ओटा निर्वाचन क्षेत्र कायम गरिएको छ । भोजपुर (क) मा ५८ हजार चार सय ४९ र भोजपुर (ख)मा ५५ हजार ४ सय ४२ मतदाता छन् ।

जिल्लाको १ सय ४८ ओटा मतदान केन्द्र मध्ये भोजपुर (क) मा ७६ र भोजपुर (ख) मा ७२ ओटा रहेका छन् । त्यस्तै ८७ ओटा मतदान स्थल र ८१ ओटा वडा रहेका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा परिचयपत्र नलिएका र त्यसपछि नाम दर्ता गरेका नयाँ मतदातालाई परिचयपत्र वितरण गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार