भोजपुर,३ मंसिर ।
यस पटकको निर्वाचनमा भोजपुर जिल्लमा ११ सय वढी कर्मचारी खटिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरि ११ सय ८४ जना कार्मचरी खटिने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रको लागि १ सय ४८ मतदान अधिकृत, १ सय ४८ नै सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ सय ९२ र कार्यालय सहयोगि २ सय ९६ जना खटिएका छन् । त्यस्तै मतदान केन्द्रमा ६ सय ३ जना स्वयम सेवक मतदान अधिकृत नियुक्त गर्न पाउने सहायक निर्वाचन अधिकृत मणीराम पोखरेलले वताए । मतदान अधिकृतलाई भिडभाड हुने भएकोले आइतवारबाट नै नियुक्ती दिदै सोमवारबाट तालिम दिएर कार्यक्षेत्रमा पठाउने तयारी भई रहेको पोखरेलको भनाई छ ।