भोजपुरमा विप्लपका ६ कार्यकर्ता प्रकाउ


भोजपुर, ३० कार्तिक ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ परेका छन् । प्रहरीले उनिहरुलाई जिल्लाको विभिन्न ठाउबाट पक्राउ गरेको हो । गत २८ गते पुर्व सुचना तथा सञ्चार मन्त्री सेशरधन राई माथी बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

उक्त घटनाको घटाएको आरोपमा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको भोजपुरका प्रहरी नाएव उपरिक्ष दिपेन्द्र थारु पन्जीयार थारुले वताए । अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार