भोजपुरको अन्नपुर्णमा नेपाली काङ्गेस र संघीय समाजवादी फोरम नेपालबाट एमालेमा ३ जना प्रवेश, अव एमालेमा सकृय राजनिति गर्ने भनाई


भाोजपुर, ३० कार्तिक ।
नेपाली काङ्गेस र संघीय समाजवादी फोरम नेपालबाट एमालेमा ३ जना प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्नेमा संघीय समाजवादी फोरम नेपालका जिल्ला
स्तरीय नेता हर्कराज राई र नेपाली कांग्रेसबाट प्रवेश गर्नेमा अन्नपूर्ण गाउँस्तरीय नेता इन्द्र थापा र खम्बासेर राई रहनु भएको छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य तथा भोजपुर (क) का उम्मेदवार राजेन्द्रकुमार राई र नेकपा एमालेका केन्द्रीय सदस्य हरिबहादुर राईले फुलमाला अबिरजात्रा गराएर एमालेमा प्रवेश गराउनु भएको हो ।

वाम गठबन्धनको निर्वाचनको प्रचार प्रसारको लािग बुधबार टेम्के मैयुङ गाउँपालिका –३ अन्नपूर्णमा भएको संयुक्त चुनावी सभामा मार्फत उहाँहरु एमालेले प्रवेश गर्नु भएको हो । एमाले रहेर सकृय राजनिति गर्ने लक्ष्यका प्रवेश गरेको उहाहरुले वताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार