भोजपुुरमा यसरी तात्तदैछ बाम गठबन्धनको चुनावि माहोल


भोजपुर २६ कार्तिक ।
मंसीर १० गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको मिति नजिकीए संगै भोजपुरमा पनि राजनितिक दलहरुले चुनाव कन्द्रित कार्यक्रमलाई तिव्रता दिएका छन् । निर्वाचनको प्रचारका लागि दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा चुनावी कार्यक्रममा व्यास्त रहन थालेका हुन । यस अघि गाउँपालिका र नगरपालिका स्तरीय संयुत्त कार्यकर्ता भेला गर्दै आएका दुवै गठबन्धनले चुनावी आमसभालाई तिव्रता दिन थालेका छन् । सोहि अनुसार नेमपा एमाले रमाओवादि केन्द्रको बाम गठबन्धनले पौवादुम्मा गाउँपालिकाको च्याङगे्रमा आफ्नो चुनावी आम सभा सम्पन्न गरेको छ ।

आमसभालाई सम्बोधन गर्दै पुर्व सञ्चार मन्त्री एमाले पोलिट व्युरो सदस्य तथा भोजपुर क्षेत्र नं २ का उमेदवार शेरधन राईले डाडु पनिउ आफनै हातले चलाउन आफु र वाम गठबन्धनलाई जिताउनु पर्ने भएकोले त्यो जिम्मेवारी अब जनताको आतमा रहेको बताए ।
त्यस्तै आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादि केन्द्रका पोलिटव्युरो सदस्य सुदन किरातिले भोजपुर जनताको समस्याका विषयमा आफु जानकार भएकोले त्यसका लागी इमान्दिारी पूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै भोजपुर क्षेत्र नम्वर एक का उमेदवार तथा एमालेका केन्दिय सदस्य राजेन्द्र कुमार राईले आफु अन्य उम्मेदवार जस्तो अश्थीर नभई निरन्तर पार्टिमा रहि जनताको पक्षमा काम गरेको हुनाले जनताले आफुलाई अमुल्य मत दिई विजयी गराउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार