एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठनहरुको संयुक्त सचिवालय गठन


भोजपुर, २४ कातिक ।
जिल्लाका रहेका एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठनले संयुक्त सचिवालय गठन गरेका छन् । यसै अनुसार पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त संयोजन समिति गठन गरेको छ ।

संयुक्त सचिवालयको संयोजक धु्रवराज रेग्मी र सचिव कुवेर राई रहने गरि ५ सदस्य समिति गठन गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि संयुक्त संयोजन कमिति गठन गरेको छ । दुवै संगनठनको संयोजक मान वहादुर देवकोटा र सचिवमा अम्वर वहादुर राई रहने गरि ५ सदस्य समिति गठन गरेको हो ।

संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै संयुक्त सचिवालय गठन गरेको जनाएका हुन् । अव फुटेर होइन जुटेर समस्याको समाधानका लाग्ने संगठनहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार