भोजपुर २३ कात्तिक ।
निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले विहीवारबाट संयुक्त चुनावी आम सभा शुरु गरेको छ । गठवन्धनले भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिकाको केन्द्र वैकुन्ठेको चिलाउनेटार बाट आमसभा शुरु गरेकोे हो ।
आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदन किरातिले ७० प्रतिशत वाम पन्थि रहेको देशमा ३० प्रतिशतले सासन गरिरहेको भन्दै वाम तालमेल भएको वताए । क्षेत्र नंम्बर २ प्रदेस शभाका उमेदवार नेकपा एमालेका पोदिटव्युरो सदस्य शेरधन राईले देशमा स्थिर सरकार निर्माणको लागि वाम गठबन्धन बनेको वताए ।
नेपाललाई विदेसिको खेलमैदान हुन नदिन वाम गठबन्धन भएको उनको भनाई थियो । गठवन्धनको विजयी पछि म्यादि सरकारको अन्त्य गर्दै संविधानको कार्यन्वयनलाई जोड दिने राईको भनाई थियो । यसैवीच नेपालि काग्रेसका पुर्व जिल्ला कार्य समिति सदस्य गोपाल चौहान एमालेमा प्रवेश गरेका छन् ।
चौहानले २९ वर्ष काग्रेसमा पसिना बगाएपनि सहि पार्टि एमाले भएको थाहा पाएकोले वाम गठबन्धनलाई सघाउन एमालेमा प्रवेश गरेको वताए । कार्यक्रमबाट संघिय समाजवादि फेरमका जिल्ला सदस्य हस्तबहादुर थापा लगाएत डेड दर्जन अन्यपार्टिका नेता कार्यकर्ता पार्टि प्रवेश गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख मकर खड्काले वताए ।