भोजपुर, २३ कात्र्तिक ।
भोजपुर सदरमुकामा यामाहाको सोरुम उद्धघाटन गरिएको छ । पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारीक हिसाबले अगाडि बढाउन तथा जनतालाई सेवा दिनका लागी सोरुमको स्थापना गरेको निर्मला ट्रेडस एण्ड सप्लायर्सलले जनाएको छ ।
भोजपुरका जनतालाई धरान जाने बाध्यता हटाई अबका दिनमा धरानकै दरमा सर्वसुलभ मुल्यमा सेवा दिइ जिल्लालाई हरेक हिसाबले व्यावसायिक बनाई भोजपुरलाई विकसीत बनाउने उद्धेश्यले सोरुम उद्धघाटन गरीएको सोरुमका अर्का सञ्चालक विमल रणपहेलीले वताए । अहिले यामाहा बाइकको एक्सचेन्ज गर्ने, र आगामी दिनमा पुरानो बाइकलाई मर्मत समेत गरिने वताइएको छ ।
सोरुमको उद्धघाटन गर्दै मेयर कैलाश कुमार आललेले धरान इटहरीको मुल्यमा भोजपुरमै बाइक पाउने भएपछि खर्चसंगै समयको बचत हुने वताए । पहाडी जिल्लामा यति ठुलो खर्च गरी उद्धघाटन गरी भोजपुरको सुन्दरता थपेकोले, आगमी दिनमा पनि सोरुमलाई निरन्तता दिदै ग्राहकलाई सरल सहजरुपमा सेवा दिन उनले आग्रह गरे ।
सोरुम उद्धघाटनको अवसरमा २ दिन सम्म पुरानो जुन सुकै मोडलका बाइक लिएर अरु नयाँ यामाहा मोडेलको एक्सचेन्ज गर्न सकिने र ७ हजार छुटमा एउटा कार जित्ने सक्ने अफर समेत रहेको सञ्चालकको भनाई छ