उमेदवारको घरमा नेकपाको कालो झण्डा


ताप्लेजुङ २२ कात्तिक ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा रोखेको छ ।

प्रदेशसभा तर्फ ताप्लेजुङ ९ख०का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा गाडेको हो ।

यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई ब्यवास्था गरेकाले आङ्बुहाङको घरमा कालोझण्डा राखेर घर कब्जामा लिएको नेकपाका जिल्ला इन्चार्ज आशिषले जानकारी दिए ।

यता प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाइएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार