भोजपुरमा विप्लव माओवादीद्धारा उमेदवारको घर कब्जा, किन कव्जा गरियो घर  ?? यस्तो छ विज्ञप्ती  


भोजपुर, १७ कात्तिक ।

  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ भोजपुरले प्रदेश सभा सदस्यका उमेदवार गोविन्द वहादुर कार्कीको घर कव्जा गरेको जनाएको छ ।

पार्टिले विज्ञप्ति जारी गर्दै उमेदवारि फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्था गरेको भन्दै कार्कीकोे घर कब्जा गरेको जनाएको छ । कार्कीको घर भोजपुर नगरपालिका –१२ टक्सारमा रहेको छ ।

कार्कीले प्रदेश सभा निर्वाचनमा काङ्ग्रेसको तर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिएका छन् । यस विषयमा जानकारी लिदा उमेदवार कार्कीले भने आफुलाई जानकारी नआएको वताएका छन् ।

द्वन्द्वको समयमा कार्कीको घर जग्गा तत्कालीन नेकपा माओवादीले कब्जा गरेपछि उनि काठमाडौँमा विस्थापित भएका थिए । जिल्लाको अन्य उमेदवारको घर कब्जा गर्ने योजना रहेको माओवादीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताए । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार