भोजपुरमा युवक मृत फेला


भोजपुर, १५ कात्तिक ।
भोजपुरको उत्तरी साल्पा सिलिछो गाउँपालिका–४ खाट्म्मा बस्ने १८ बर्षिय धिरज राई वुधवार मृत अवस्थामा भेटिएका छन् । उनलाई स्थानियले बुधबार विहान सोही ठाउँको बेङखुवा खोलाको पानी मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा प्रहरी चौकी दोभानेबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । राईको सव पोष्टमार्टमको लागि संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार