खुर्सानी खेतीबाट मनगै आम्दानी



तनहुँ १२ कार्तिक
तनहुँको ऋषिङ गाउँपालिका वडा नं १ का बासिन्दाहरु अन्नबाली खेतीबाट भन्दा खुर्सानी खेती बाट राम्रो आम्दानी हुन थालेपछि त्यस तर्फ आर्कषित हुन थालेका छन् ।

सोही स्थान निवासी रेश बहादुर आलेले करिब २ रोपनी क्षेत्रफल जग्गामा नामधारी र अकबरे जातको खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

घैया धान, मकै, कोदो खेती गरेर वर्ष भरिमा १० हजार रुपैयाँ पनि कमाउन धौ धौ भएपछि उनले खुर्सानी खेती तर्फ लागेका हुन् ।
खुर्सानी खेतीबाट वार्षिक ८० देखि ९० हजार रुपैयाँ सम्म कमाउँदै आएको कृषक आलेले बताए । उनले अकबरे प्रतिकिलो २ सय र नामधारी १ सय २० रुपैयाँ किलो विक्री गर्दै आएको बताए ।
विगत ५ बर्ष देखि खुर्सानी खेती गर्दै आएको बताउने आलेले शुरुमा ४० देखि ५० हजार सम्म कमाउँदै आएको भएपनि अहिले त्यसको दोब्बर आम्दानी गर्न सफल भएका छन् । कृषक आलेले बुबा आमा संग संगै रह्दा पराम्परागत मकै, कोदो, घैया धानलाई बढि जोड दिने गरेको भएपनि आफु परिवारबाट छुट्टिएपछि खुर्सानी खेती तर्फ लागेको उनले बताए ।
आफुले खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि टोल छिमेकका मानिसहरुले खुर्सानी खेती थाले पनि आफुले जति राम्रो आम्दानी गर्न नसकेको उनले बताए । विशेष गरी फागुन चैत महिनामा खुर्सानी लगाइने र दुई महिना पछि देखि नै आम्दानी हुने भएकोले ८ महिना अथवा कार्तिक महिना सम्म उत्पादनको साथै आम्दानी लिन सकिने कृषक आलले जानकारी दिए ।
यसरी कृष्कले उत्पादन गरेको खुर्सानी बजार क्षेत्रको तुलनामा सस्तो र अर्गानिक हुने गरेको यस तर्फ आर्कषण दमौली स्थित मालपोत लाइनमा सेल्फी म।म रेष्टुरेन्ट एण्ड लजका संञ्चालक खड्क बहादुर सारुमगरले बताए । त्यही खुर्सानी तरकारी पसलमा जाँदा महँगो पर्ने र घरमै सस्तो अनि अर्गानिक पाएपछि लिने गरेको बताए । कृषि विकास कार्यालय तनहुँबाट समय समयमा तालिम लिने गरेको कृषक आलेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार