विश्व मानवतावादी पुरस्कारकार आचार्यलाई


अमेरिका ११ कार्तिक

हेल्प फर डेस्पेरेट एन्ड निडी पिपुल अन्तर्रा्ष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) का संस्थापक देवी आचार्य सम्मानित भएका छन् । आचार्य अमेरिकाको टेक्सस राज्यले प्रदान गर्ने ग्लोबल हयूमानिटेरिएन अवार्ड, २०१७ बाट सम्मानित भएका हुन् ।

अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरेकाले उनलाई उक्त सम्मान प्रदान गरेको जनाइएको छ ।
एचडीएनपी इन्टरनेशनल अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपाली द्वारा संचालित संस्था हो ।

यो संस्थाले टेक्ससको ड्यालस वरपर रहेका असहाय, गरिब तथा घरबारविहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको छ । नेपालमा समेत यसले विभिन्न सहयोगहरु गर्दै आएको छ ।

विशेष गरेर नेपालको पशुपतिनाथमा घरवारविहीन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई आचार्य नेतृत्वको संस्थाले सहयोग प्रदान गर्दै आइरहेको छ ।

आचार्यले सम्मानले थप उत्प्रेरणा मिलेको प्रतिक्रिया दिँदै घरबारविहीनहरुको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । टेक्ससका गभर्नरले विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलोपटक नेपालीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार