१७ मतदान स्थल अति संवेदनशिल, यसरी मिलाइदैछ,सुरक्षाव्यास्था 


 भोजपुर, १० कात्तिक

जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका १६ ओटा मतदान स्थाललाई अति संवेदनशिल घोषणा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षाको दृष्टिले यी केन्द्रहरुलाई  अति संवेदनशील घोषण गरिएको हो ।  त्यस्तै संवेदनशिल २४ र समान्य ४६ ओटा रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

शान्ती सुरक्षामा समस्या हुने भन्दै समितिले स्थलको नाम भने उल्लेख गरेको छैन । अति संवेदनशिल, संवेदनशिल रहेका स्थलमा  सामन्य भन्दा वढी संख्या सुरक्षा कर्मी परिचालन गरिने भएको छ । यस पटकको निर्वाचनमा एक लाख १३ हजार ८ सय ९६ जना मतदाता रहेका छन् । जसमा ५५ हजार ५ सय ३४ महिला र ५८ हजार ३ सय ६२ जना पुरुष रहेका छन् ।

भोजपुरमा प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ ओटा निर्वाचन क्षेत्र कायम गरिएको छ । भोजपुर (क) मा ५८ हजार चार सय ५५ र भोजपुर (ख)मा ५५ हजार ४ सय ४१ मतदाता छन् । जिल्लाका एक सय ४८ ओटा मतदान केन्द्र मध्ये भोजपुर (क) मा ७६ र भोजपुर (ख) मा ७२ ओटा रहेका छन् । त्यस्तै ८७ ओटा मतदान स्थल  र ८१ ओटा वडा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार