भोजपुर, १० कात्तिक
वन्द भएको ५ महिना पछि भोजपुर – चखेवा सडक खण्डमा आजबाट यातयात सञ्चालनमा आएको छ । कच्ची सडक भएको कारण वर्षातको पानीले ठाउ ठाउमा पहिरो खस्नुको साथै सडक हिलाम्य हुँदा गत जेष्ठ महिनाबाट यातयात वन्द भएको थियो ।
सदरमुकामबाट पश्चििमि क्षेत्रमा रहेको यो सडक वन्द हुँदा सो क्षेत्रका स्थानियलाई निकै सास्ती हुने गरेको थियो । विग्रेको सडकलाई मर्मत गरि यातयात सञ्चालनमा आए पछि स्थानिय हर्षित भएका छन् । वस तत्कालाई सदरमुकामबाट चखेवा भञ्ज्याङ सम्म अहिले पुग्ने र केहि समय पछि खोटाङका बस व्यवसायीसंग छलफल गरेर खोटाङ सम्म बस नै सञ्चालन गर्ने बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।
चखेवाका लागि दैनिक दुई र दाँवाको लागि एक ओटा बस सञ्चालन गरिने अध्यक्ष तामाङ्गले वताए । तामाङ्गका अनुसार चखेवाको लागि विहान ७ बजे र दिउसो ३ बजे वस छुट्ने छ भने दावाको लागि साँझ ४ बजे छुट्ने छ । तत्काललाई चखेवा भञ्जयाङ लागि ३ सय ५०, अन्नपूर्ण दुई सय ५०, दावाँबलौटे एक सय २० र स्मृती चोकको लागि एक सय भाडा निर्धारण गरेको व्यवसायीले बताएका छन् । भोजपुर सदरमुकामबाट चखेवा सम्मको दुरी ४२ किलोमिटर रहेको छ ।