सानोदुम्मामा फुटबल प्रतियोगिता सम्पन्न


भोजपुर, १० कात्तिक । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत ३ गतेबाट शुरु भएको प्रतियोगितामा बुधबार सम्पन्न भएको हो । व्याईज युनाइटेड क्लव सानोदुम्माको आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला तर्फ २७ र वडास्तरिय उमेर समूह तर्फ ६ टिम गरी ३३ टिमको सहभागिता रहेको थियो । वडा कार्यालयले खेलको लागि बिनियोजन गरेको एक लाख ५० हजार लागतमा प्रतियोगिता गराइएको हो ।

वडास्तरिय खुल्ला प्रतियोगिता तर्फ मिराराई फाउन्डेसन सानोदुम्मा विजेता र व्वाइज युनाइटेड फुटवल क्लव उप विजेता बनेको छ । विजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद ४० हजार र उपविजेता टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद २५ हजार पाएको छ । उमेर समुह तर्फ (३० वर्ष माथी) युनाइटेड फुटबल क्वल सानोदुम्मा विजेता र साहारा क्वल बास्तिम उपविजेता बनेको छ । विजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद १५ हजार र उपविजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद दश हजार पाएको छ ।

प्रतियोगितामा वेष्ट किपर मिराराई फाउन्डेसनका विकेक राई, वेष्ट डिफेन्डर व्वाईज युनाइटेड क्लवका मोहन राई र वेष्ट प्लेर मिराराई फाउन्डेसनका महेश तामाङ बनेका छन् । उनीहरुले ट्रफी,मेडल, प्रमाण पत्रको साथमा नगद एक हजार पाएका छन् । प्रतियोगिताका विजयी टिमलाई कार्यक्रमका प्रमुख अथिति तथा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले प्रमाण पत्र हस्तान्तरण गरेका छन् । कार्यक्रमको विषेश अथिति वडाध्यक्ष बोमप्रसाद राई रहेका थिए । प्रतियोगिताको उद्घाटन गत ३ गते गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार