षडानन्द नगरपालिकामा नगर स्तरीय शैक्षिक अन्तरक्रिया सम्पन्न


भोजपुर १ असार भोजपुरको षडानन्द नगरपालिकामा नगर स्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शैक्षिक क्षेत्रको विकासका लागि सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूको उपस्थितिमा दिङ्लामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम, वार्षिक कार्यपात्रो निर्माण, सिकाइ उपलब्धि वृद्धि , नगरबाट शिक्षा क्षेत्रमा गर्नु पर्ने क्रियाकलापहरू, दिवा खाजा व्यवस्थापन, अङ्ग्रेजी माध्यमबाट पठनपाठन लगायतका विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको विकासले मात्र समाज परिवर्तनमा टेवा पुग्ने भएकाले यसको गुणस्तर सुधारमा विशेष ध्यान दिएको  नगर प्रमुख सुरेन्द्र कुमार उदासले बातए । नगर प्रमुख उदासले भने ‘ विद्यालय शिक्षकहरूलाई इमानदारिताका साथ जिम्मेवारी पुरा गर्न आग्रह गरिएको छ । उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै शिक्षा क्षेत्रका समस्या समाधान गर्नु हाम्रो पहिलो प्रयास हुने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार