भोजपुरमा‘योगमाया स्मृति कप’ सञ्चालन हुँदै, विजेतालाई १०५ तोलाको शिल्ड सहित नगद पुरस्कार ..


भोजपुर,७ माघ ।
भोजपुरको प्रतिष्ठित भलिवल प्रतियोगिता ‘योगमाया स्मृति कप’ को तेह्रौं संस्करण फागुन १६ गतेबाट सञ्चालन हुने भएको छ । सामाजिक अभियान्ता योगमायाको समाधि स्थलमा आयोजना हुने ५ वर्षे रनिङ शिल्ड भलिवल प्रतियोगिता खेलको माध्यमद्धारा योगमायालाई राष्ट्रिय विभुतिको माग गर्न आयोजना गरिएको योगमाया खेलकुद विकास समितिका सचिव सौगात गौतमले जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टीमले ५१ हजार १ सय ५१ रुपैयाँ नगद र १०५ तोलाको चादिको शील्ड, दोस्रो स्थान प्राप्त गर्नेले ३५ हजार ५ सय ३५ र शिल्ड, तेस्रो स्थान हाँसिल गर्नेले २५ हजार पाँचसय २५ नगद र शील्ड साथै शान्तवना स्थान प्राप्त गर्ने टीमले १५ हजार ५ सय १५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।
विगत १३ वर्ष अगाडि देखि शिवरात्रीको अवसरमा निरन्तर आयोजना हुँदै आएको प्रतियोगितामा भोजपुर र संखुवासभाका विभिन्न नगरपालिका र गाँउपालिकाका वडाका टीमहरुले सहभागिता जनाउदै आएका छन् । प्रतियोगिता जिल्लाकै सबै भन्दा ठूलो धनराशिको पुरस्कार रहेको आयोजकको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार