भोजपुरमा निर्वाचन विरोधी गतिविधिमा सलग्न १० जना विरुद्ध मुद्धा दर्ता..


भोजपुर, १९ मंसिर ।

भोजपुरमा निर्वाचन विरोधी गतिविधिमा सलग्न १० जना विरुद्ध मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले हाल सम्म निर्वाचन विरोधी गतिविधि गर्ने १० जनालाई पक्राउ गरि मुद्धा चलाएको जनाएको हो।

निर्वाचन विरोधी गतिविधिमा सम्लग्न उनिहरुलाई कुदाकाउले, वोया, भोजपुर सदरमुकाम, अन्नपुर्ण लगाएत विभिन्न ठाउबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा २ जना शिक्षक समेत रहेको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका उनिहरुलाई म्याद थप गरि सार्वजनिक लगाएत प्रकृति हेरेर मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार