भोजपुर, १९ मंसिर ।
स्थानिय तहका जनप्रतिनिधि विच दलिय स्वार्थका कारण नगरपरिषद तथा गाउँपरिषद नहुँदा भोजपुर जिल्लाका स्थानिय तहको काम काज प्रभावित भएको छ।
समयमा नै निति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वन चरणमा जानु पर्ने अवस्थामा अहिले सम्म पनि परिषद नहुँदा स्थानिय तहको काम काज प्रभावित भएको हो ।
दुई नगरपालिका र सात ओटा गाउँपालिका सहित नौ ओटा स्थानिय तह रहेको भोजपुरमा पाँच ओटा स्थानिय तहले मात्र नगर तथा गाउपरिषद सम्पन्न सम्पन्न गरेका छन्, भने एक नगरपालिका सहित तीन ओटा गाउँपालिकाको परिषद हुन सकेको छैन् ।
हाल सम्म नगरपरिषद नहुने स्थानिय तहमा षडानन्द नगरपालिका,साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका र पौवादुम्मा गाउँपालिका रहेका छन् ।
निर्वाचिन जनप्रतिनिधि विच आपसी किचलोको कारण ऐन तथा नियमावली पारित हुन नसक्दा परिषद हुन नकेको स्थानिय तहका प्रमुखहरुको भनाई छ ।
अन्य पार्टीबाट विजयी भएका उपप्रमुख लगायत सदस्यहरुले निर्णय प्रक्रियामा असहयोग गरेको कारण पटक पटक वैठक वस्दा पनि ऐन तथा नियमावली पारित गर्न नसक्दा हाल सम्म पनि परिषद हुन नसकेको पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राई को भनाई छ ।
अन्य स्थानिय तहहरुमा पनि प्रमुखहरु अल्पमतमा परेकोले निर्णयहरु पारित नहुँदा परिषदमा ढिला भएको जनाइएको छ ।
जनप्रतिनिधि विच रहेको एक आपसको किचलोलाई हटाएर परिषद गराउने तयारी भईरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले भने ‘ निर्वाचनको कारण यस अघि त परिषद गर्न मिलेन, तर अव भने हामी उनिहरु विच रहेको असझदारीलाई मिलाएर परिषद गराउने पहलमा छौ ।’ खासका स्थानिय तहका प्रमुख अल्पमतमा परेको कारण परिषद हुन ढिला भएको देखिएको उनको भनाई छ ।