भोजपुर, १३ मंसिर ।
राष्ट्रिय मानव अधिकार आयोगले भोजपुरको विभिन्न ठाउमा भएका अपराधिक घटनाहरु विषयमा सत्य तथ्य वाहिर ल्याउन पहल गरिरहेको जनाएको छ ।
गत असारमा प्याउलीमा भएको तीन जना वालवालिको हत्या, दुम्माना एक वालिका माथी करणी पछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको लगाएत घटनामा आयोगले चासो लिएको मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङ्गका प्रमुख मोहनदेव जोसीले वताए ।
भोजपुर घटनाको विषयमा लिखित उजुरी नपरेपनि आयोगले सञ्चार माध्यममा आएका समाचार लगाएतलाई आधार मानेर अनुसन्धान गरिरहेको वताउदै चाडै घटनाको सत्य तत्य वाहिर आउने प्रमुख जोसीको भनाई छ ।
साथै आयोगले जिल्लाका समग्र मनव अधिकारका प्राथमिकितामा पर्न सक्ने बालबालिकाका अधिकार, शिक्षाको अधकिार, महिला अधीकार, सामाजिक अधीकार, आर्थिक अधिकार, खाद्य र स्वास्थ्य अधिकार लगाएतका विषयमा छलफल गरेको छ ।
छलफलमा उठेको विषयहरुलाई पाँच ओटा प्राथमिकता निर्धारण गरि नेपाल सरकार तथा सरोकारवाला निकायलाई सिफारिस र सुझाव प्रदान गर्ने आयोगका उपक्षेत्रिय कार्यालय खोटाङ्गले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्काले जिल्लामा भईरहेको मानव अधिकार हनन्का यस्ता खालका घटनामा समन्वय समितिको ध्यान वताउदै महिला हिंसा लगायत मानव अधिकार हनन् हुन नदिन जिल्लाका सबै जनप्रतिनिधीलाई आ–आफ्नो स्थानिय तहमा छलफल गर्न त्यस्ता खालका घटनाहरुको न्युनीकरणमा लाग्न पहल गर्ने वताए ।