भोजपुर, ४ असार । वन कार्यालय भोजपुरले गत आर्थिक वर्षमा ८५ प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
वन कार्यालय अन्तर्गत सञ्चालन भएका विभिन्न ४ ओटा कार्यक्रममा करिव ८५ प्रतिशत कार्यक्रम सम्पन्न भएको कार्यालयको भनाई छ ।
जसमा सामुदायिक वन विकास तथा कवुलियति वन विकास कार्यक्रममा आएको ६६ लाख ६ हजार रकम मध्ये ५८ लाख ९७ हजार खर्च भएको छ भने जडीवुटी विकास कार्यक्रममा आएको १६ लाख ७२ हजार मध्ये १५ लाख ६५ हजार खर्च भएको छ ।
त्यस्तै वृक्ष सुधार, वृक्ष रोपन निजिवन कार्यक्रम तर्फ आएको १४ लाख ९५ हजार मध्ये ११ लाख ५२ हजार र राष्ट्रिय वन विकास तथा व्यावस्थापन कार्यक्रम ९ लाख ३५ हजार मध्ये ९ लाख १७ हजार वरावरको कार्यक्रम सम्पन्न भएको जिल्ला वन कार्यालयका सुचना अधिकारी श्रीनारायन यादवले जानकारी दिए ।
सञ्चालन भएका यी सवै कार्यक्रममा आएको वजेट मध्येबाट ११ लाख ९६ हजार फ्रिज भएको सुचना अधिकारी यादवले वताए । त्यस्तै गत आर्थिक वर्षमा ५० ओटा सामुदायिक वन र २० ओटा कवुलियति वनको कार्ययोजना संसोधन गरिएको जानकारी दिइएको छ । संसोधनमा लक्ष्य भन्दा वढी काम भएको कार्यालयले जनाएको छ ।