वडाध्यक्षले दिए महिलालाई थुक चाट्ने सजाय


पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् ।

स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् ।

गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् ।

आफूले खुट्टा समाएर माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको साहले बताइन् आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार