भोजपुरमा महिला हत्याका आरोपित ‘प्रमेश’ पक्राउ


भोजपुर, २५ चैत्र ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –२ छिनामखुमा महिलाको हत्या गरेको अरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।

आफनै जेठानी दिदीको हत्या गरेको अरोपमा ४५ वर्षीय प्रमेश राईलाई प्रहरीले पक्राउ गरको हो । प्रमेशले आइतवार साँझ सामान्य घरयासी विवाद हुँदा आफ्नै जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईलाई कुटपीट गरेका थिए ।

कुटपीटबाट टाउको लगाएत शरिरको विभिन्न ठाउँमा चोट लागेर गम्भिर घाइते विद्याको जिल्ला अस्पतालमा उपचारको क्रममा सोमवार दिउँसो मृत्यु भए पछि प्रमेशलाई प्रहरीले मंगलबार विहानै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार