यो शरीर मात्र स्रिप मेरो, म्युजिक भिडियो सार्वजानिक


नेपाली गित संगीतलाइ जहा रहेर पनि माया गर्ने नेपालिको भिड्मा आज नया गित को भिडियो मलेसियामा कार्यरत नेपालीहरुले आर्बजानिक गरेको छ ।
बिदेशी भुमिमा हरेक कमि कमजोरीका बाबजुद भए पनि समय लगाएर भिडियो लाई राम्रो बनाउने कोसिस गरेका छन। यो गित मलेसियाको विभिन्न सुन्दर ठाउहरुमा छायांकन गरिएको छ। यो गितको शब्द देब राई र एरेन्जर सन्सिब लिम्बू ले गरेका छन् । मीठो स्वारका धनी मेलिना राई र गायक तथा संगीतकार निस्चल प्रेम राइको युगल आवजले भरिएका छन ।

अडियो गितले नै निक्कै ठाउँ पाएका गितको भिडियोमा राजेन्द्र राइ र शान्ति बान्तवा राइले ले गरेका छन् । दुबै जना मलेसियामा कार्यरत हुनुहुन्छ । जुन भिडियोको निर्देशक सुजन न्यपानेले गरेका छन् । उनि पनि विभिन्न भिडियो शुट्को लागि चार महिना पहिला मलेसिया पुगेका छन् । त्यस्तै गित लाई मास्टर मिक्सिङ प्रकाश केसि र भिडियो इडिट बिकाश ज्ञवाली ले गरेका छन् ।

म्युजिक भिडियोमा नब कलाकार राजेन्द्र राई र सान्ती बान्तावा को मुख्य भुमिका रहेकोे छ ।  यो म्युजिक भिडियो युटुवमा समेत सार्वजानिक भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार